वीर अस्पतालमा रोजगारीको अवसर

Date: 2024-05-25
news-banner
काठमाडौं:चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले करार सेवामा नर्स पदपूर्ति गर्ने भएको छ । अस्पतालले शुक्रबार सूचना जारी गर्दै योग्यता पुगेका नर्सले सात दिनभित्र दरखास्त दिन सक्ने जनाएको हो । अस्पतालले गत मंसिरमा पनि विज्ञापन खुलाएको थियो । 

तर विविध कारणले उक्त प्रक्रिया रोकिएको थियो । यसपटकको विज्ञापनमा यसअघिको प्रक्रियामा संकलन भएका आवेदन स्वतः कायम हुने अस्पतालले जनाएको छ । गत मंसिरमा आह्वान भई बीचमा स्थगित विज्ञापनमा १ हजार ३०० बढीले दरखास्त हालिसकेको अस्पतालले जनाएको छ । 

अस्पतालले लिखित परीक्षामा सबैभन्दा बढी नम्बर ल्याउन सफल हुने एक सय जनालाई नै रोलक्रम (मेरिट) का आधारमा नियुक्त गर्नेछ । करारमा भएका नर्सहरू स्वास्थ्य मन्त्रालयको दरबन्दी अन्तर्गत लोक सेवा आयोगबाट स्थायी पदपूर्ति भई आएमा वा अस्पताललाई आवश्यक नभएमा स्वतः हट्ने छन् ।

Leave Your Comments