काठमाडौं:कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । नागरिकतासम्बन्धी मुद्दामा हिरासत राखिएका सिरोहियालाई उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना गरिएको हो ।
स्वास्थ्यमा समस्या उत्पन्न भएपछि उनलाई शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । तर प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।